२०८१ साउन १२ गते | 27th of July 2024

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १४:३७

काठमाडौँ, ३ भदौ । कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिए ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताए ।

यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गरिने बताउँदै उहाँले क्षति के कति भएको हो रु कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भइसकेकाले त्यसको अध्ययनपछि राहतका कार्यक्रम ल्याइने प्रष्ट पारे  ।

उहाँले भन्नुभयो, “बाढीका कारण धेरै जनधनको क्षति भएको छ, सरकारले मृतकका परिवारलाई रु दुई लाख तथा घर मर्मतका लागि रु २५ हजारका साथै दैनिक खाजा खर्चस्वरुप रु ७० दिने निर्णय गरिसकेको छ ।”

राहत तथा उद्धारका लागि सरकारले द्रुतस्तरमा काम गरिरहेको बताउँदै उहाँले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावश्यक सामग्री तत्काल वितरण गर्न निर्देशन दिइसकेको प्रष्ट पारे ।

मन्त्री यादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्री एकद्वार प्रणालीमा वितरण भएको बताउँदै उहाँले आफ्नो मन्त्रालय मातहतका करिब सात हजार ५०० कर्मचारीबाट संकलित रु एक करोड २० लाख केही दिनमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए ।

उनले पीडितको राहत तथा उद्धारमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै कृषि विकास बैंकबाट ऋण लिएकालाई ब्याज छुटदेखि मिनाह गर्न सकिने सम्भावना रहेको जानकारी गराए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *