२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा किन गएन ओली ?

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १४:५८

 

काठमाडौ ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी ७ गते हुने भारत भ्रमणको तयारीका लागि बालुवाटारमा पूर्व प्रधानमन्त्रीसंग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले आफनो भारत भ्रमणको समयमा हुने वार्ता तथा छलफलमा आफु कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि राय सल्लाह लिन बैठक बोलाएका हुन । बैठकमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचन्ड, लोकेन्द्र बहादुर चन्द लगायत सहभागी छन्। तर पूर्व प्रधानमन्त्रीद्धय डाक्टर बाबुराम भट्टराई र केपी शर्मा ओली काठमाडौंमै भएर पनि बैठकमा सहभागी भएनन्।

प्रधानमन्त्रीले आफ्नो भ्रमणमा नयाँ एजेण्डा र विषयमा छलफल गर्नभन्दा विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयनको विषयमा दुईपक्षीय वार्ता केन्द्रित गर्न चाहेका छन्। त्यसैले उनले विगतमा भएका सन्धी–सम्झौताबारे जानकारी लिन तथा अहिलेको भ्रमणमा उठाउनुपर्ने महत्वपूर्ण विषयबारे धारणा लिन पूर्व प्रधानमन्त्रीहरुलाई डाकेका हुन्।
यही भदौ ७ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *