२०८३ असोज २८ गते | 14th of October 2026

ओलीले लगाए यस्तो आरोप ‘कांग्रेस र माओवादीले पत्रकार महासंघमा राजनीति गरे’

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १५:२४

काठमाडौ ३ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघमा अनावश्यक राजनीति गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलामा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेको बताए। ‘विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँदो राख्ने रु’ ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *