२०८१ साउन ११ गते | 26th of July 2024

योग साधना समितिद्वारा संयुक्त अपांगलाई सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १६:५५

काठमाडौ ३ भदौ । जीव विज्ञान केन्द्र युएन पार्क योग साधना समितिले काठमाडौंको गोकर्णमा रहेको संयुक्त अपांग एकता आवास केन्द्रलाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । समितिले शनिबार बालबालिकालाई मिष्ठान्न भोजन गराउनुका साथै लत्ता कपडा, खाद्यन्न सहित नगद सहयोग गरेको हो । समितिका अध्यक्ष हरि ज्ञवालीले आवास केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई रु ४६ हजार एक सयको चेक सहित खाद्यन्न तथा बच्चाहरलाई टोपि एव चप्पल हस्तान्तरण गरेका हुन ।


गोकर्णमा ६ रोपनी जग्गा भाडामा लिइ तिलबहादुर कार्कीले ४० जना अपांगता भएका बालबालिकाहरुलाई शिक्षा दीक्षा गास बासको प्रबन्ध मिलाउदै आएका छन । तिलबहादुर अनुकरणीय कामबाट आफु प्रेरित भएको जीव विज्ञान केन्द्र युएन पार्क योग साधना समितिका अध्यक्ष हरि ज्ञवालीले बताए । ज्ञवालीका अनुसार यहाँका बारेमा समितिमा प्रस्ताव आयो र छलफल गरी यहाँ हेर्न आउदा साच्चै सहयोग गर्नै पर्ने अवस्था देखेर हामी सबै जना मिले सहयोग जुटाइ बालबालिकाको गासबास कपास तथा शिक्षाको लागि सहयोग गरेको बताए ।


यसरी सहयोग गर्न पुगेका समिति भित्रका विभिन्न समुहका सदस्यले त्यही पुगेपछि पनि थप सहयोगको घोषणा गरेका छन । जसमध्ये काठमाडौको सुन्धारा स्थित एक सहकारीले रु ८५ हजार सहयोग गर्ने घोषणा गरेको छ भने लायन्स क्लब काठमाडौं समृद्धिले रु २० हजार सहयोगको घोषणा गरेका छ । जीव विज्ञान केन्द्र युएन पार्क योग साधना समितिभित्रकै दिदी बहिनीको समूहको सहयोगमा बालबालिकाहरुलाई खाना खुवाइएको छ । अघिल्लो बर्ष आउदा बालबालिकाहरुको अवस्था दयनीय रहेको र साच्चै आफुले सहयोग गर्नु पर्छ भन्ने सोच भएर आफु बेलाबेलामा बच्चाहरुलाई खाना खुवाउने गरेको महिला उद्यमशील समुहकी कल्पना अर्याल ज्ञवालीले बताइन । उनले त्यहाको अवस्थाको बारेका समितिमा जानकारी गराइको तथा त्यहाका बालबालिकाहरु अवस्थाका बारेमा आफुले चिन्तन गरेको उनले बताइन ।


आफना सदस्यहरुबाट सहयोग संकलन गरी बालबालिकाहरुको लागि सहयोग गर्न पाउदा आफुलाई अत्यन्तै खुसी लागेको योगा गुरु विश्व दर्शन बताउछन । उनी भन्छन ‘यो धेरै राम्रो काम हो हाम्रो सानो सहयोगले बालबालिकाको भविष्य बन्छ भने किन त्यसबाट पछि हटने भन्ने हाम्रो सोचाइ हो ।’ यो नै अन्तिम सहयोग नभएको र परेको खण्डमा अभैm सहयोग गर्नेमा आफुहरु प्रतिबद्ध रहेको उनले बताए । जीव विज्ञान केन्द्र युएन पार्क योग साधना समितिले विभिन्न समाजिक काम गर्दै आएको छ । चाहे बाढी पीडित होस चाहे असहाय असक्त आफुहरुले सकेसम्म विभिन ठाउमा पुगेर त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आएको समितिका सचिव रामहरी गौतमले बताए । गौतमका अनुसार यस पछि बढी पीडितहरुको लागि पनि तयारी भइरहेको बताए । जीव विज्ञान केन्द्र युएन पार्क योग साधना समितिबाट करिब ३०र ४० जनाको संख्याका आएको समुहले बालबालिका मिष्ठान्न भोजन समेत गराएका थिए । उनहरुले बालबालिकालाई टोपी तथा चप्पल दिनुका साथै खाद्यन्न चामल दाल नुन तेल समेत सहयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *