२०८१ साउन ११ गते | 26th of July 2024

डा. केसीले दिए अर्को चेतावनी, नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ४ गते १५:५४

 

 

काठमाडौं, ४ भदौ । डा. गोविन्द केसीले फेरी अनसन बस्ने चेतावनी दिएका छन । केसीले आफूसँग गरेको सहमति विपरित सरकारले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने चेतावनी दिएका हुन ।
त्रिभुवन विश्वविद्यालयले कसैलाई थाहै नदिई नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलेपछि डा. केसीले आइतबार विज्ञप्ती निकालेर फेरि अनसन बस्ने चेतावनी दिएका हुन । उनी ११ औं अनसन बसिरहेका बेला त्रिविले सर्वोच्चको आदेश देखाउँदै नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिइएको थियो ।
संसदबाट चिकित्सा शिक्षा ऐन पारित नभइ नयाँ मेडिकल कलेज नखोल्ने र सम्बन्धन पनि नदिने गरी आफूसँग भएको सहमतिलाई सरकारले लत्याएको डा.केसीको दाबी छ । साथै उनले त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता गर्नुपर्ने र माथेमा कार्यदलको सुझाव अनुसार नै चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नु पर्ने माग पनि राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *