२०८१ साउन १२ गते | 27th of July 2024

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १५:३२

काठमाडौँ, ५ भदौ । नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाएका छन ।

महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको पहुँचमा पु¥याउन भन्दै पटक पटक सम्झौता गरी त्यसको मसी सुक्न नपाउँदै उल्लङ्घन गरिएको बताउँदै भने, “सरकारको यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथि नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर छ । ’’
त्रिवि कार्यकारी परिषद्ले शुक्रबार प्रस्तावित नेशनल मेडिकल कलेजलाई सम्बन्धन पत्र दिएको थियो । प्रा डा केसीले ११ पटक अनशन बसी १० वर्षभित्र काठमाडौँ उपत्यकामा निजी मेडिकल कलेज खोल्न नपाउने भनी राखेको मागमा सरकारले समर्थन गर्दै सम्झौता भएको छ । गत मंगलबार मात्रै २३ दिने अनशन स्थगन गर्नुभएका प्रा डा केसीले सम्बन्धन खारेज नभए १२औँ अनशन बस्न बाध्य हुने बताइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *