२०८१ साउन १२ गते | 27th of July 2024

संयुक्त अपांग एकता आवास केन्द्रद्धारा एक सय भन्दा बढीलाई सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १७:२६

काठमाडौं ५ भदौ । संयुक्त अपांग एकता आवास केन्द्रले आज काठमाडौमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । केन्द्रले अपांगता भएका बालबालिकाहरुको सहयोग गर्ने विभिन्न समाजसेवीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगीको प्रमुख आतिथ्यतामा सम्मान तथा तिज उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न कलाकारहरुले आफनो प्रतिभा देखाउनुका साथै । एक सय भन्दा बढी समाजसेवीलाई सम्मान गरिएको छ । काठमाडौंको गोकर्णमा ४० जना अपांगता बालबालिकालाई पालनपोषण तथा शिक्षा दीक्षा दिदै आएको संयुक्त अपांग एकता आवास केन्द्रले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले आफुले भोगेको दुःखजस्तै अरु अपांगता भएका बालबालिकाले भोग्नु नपरोस भन्दै आफु बालबाबलिबाहरुको संरक्षणमा लागेको बताए । कार्कीले आफु अपांगता भएकै कारण गाउबाट निकालिनु परेको कथा समेत सुनाए । यसरी अपांगता भएका कारण गाउबाट निकालिएका कार्कीले आज ४० जना बालबालिकालाई संरक्षण दिइरहेका छन । हिजो एक रुपैया साथमा नहुदा पनि विचलित नभइ अगाडि बढका कार्कीले बालबालिकाहलाई बस्नका लागि १४ कोठमाको भवन निर्माण गरेका छन् । यो सबै सहयोगी हातहरुको देन रहेको उल्लेख गरे । कार्यक्रमा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *