२०८१ साउन १२ गते | 27th of July 2024

अमेरिका भ्रमण बखत राहत जुटाउन लागिपरेका छौं – ने बि संघ अध्यक्ष नैनसिंह महर (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते २१:३७

 गोकुल ढकाल, लस एन्जलस, अमेरिका । नेपाल बिद्धार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले आफुहरु अमेरिका भ्रमणमा यता रहंदा यात्रााको खुशीयाली भन्दा जन्मभुमी नेपालमा परेको बिपत्तीको सहयोगको लागि याचानामा लागेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन नेपालका सम्पूर्ण बिद्धार्थी संगठनहरुको समेत प्रतिनिधित्व गरेर अमेरिका आउनुभएका अध्यक्ष महरले सो कुरा बताउनुभएहो हो । नेपाल बिद्धार्थी संघका अध्यक्ष महर, महामन्त्री सरोज थापा र विदेश विभागका सल्लाहकार डि बि सुनारको स्वागतार्थ नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको स्वागत तथा अन्तर्कृया कार्यक्रम गरेको थियो ।

‘रमाईलाका लागि अमेरिका भुलेको’ आरोप सुनियो । ‘२१ दिनको यात्रा क्रम छोट्याएर नेपाल आमाको बिपतमा सहयोग गर्न आफुहरु हप्ता दिनमै स्वदेश फर्कन लागेका छौं’ अध्यक्ष महरले बताउनुभयो । ‘राजनीतिमा ईमानको अांकलन हुन्छ, बेईमान अंगालेर आरोपको पछी लागेर कोही अगाडी बढ्न सक्दैन । अध्यक्ष महरले थप्नुभयो, ‘ नेपाल आमाको कोखबाट जन्मेको कुन सपुतलाई हुंदैन, दर्दको पिडाको आभास ?’ अध्यक्ष महरले आफुहरु यथशाक्य जन्मभुमी फर्कदैं गर्दा बाढी पहिरोको बिपतमा सहयोग गर्न नेपाल बिद्धार्थी संघका कार्यबाहक अध्यक्षको संयोजनमा राहत सामग्री संकलन र वितरण भईरहेको जानकारी गराउनुभयो । प्रवासको यो भ्रमणमा नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समिती, उसका बिभिन्न च्याप्टर, राजदुतावास, अन्य संघ संस्थाहरु, अग्रज एवम शुभेच्छुक मात्र नभै युवा सम्मेलनको बखत ‘यो बिपतमा सहयोग गर्न संयुक्त राष्ट्र संघमै आवाज उठाएको’ जनाउनुभयो ।Image may contain: 18 people, people smiling, people standing and indoor

अध्यक्ष महरले नेबि संघ अब राज्यका बिद्धालयहरुमा ई-लाईब्रेरी स्थापना गर्ने काममा युद्धास्तरमा लागेको जानकारी दिनुभयो । आफु पढेको बिद्धालयमा उक्त अभियानमा सहयोग गर्न महरले सबैलाई उहांले अपिल गर्नुभएको थियो ।

कार्यक्रममा संघका महामन्त्री सरोजकुमार थापाले टायर् बालेर अबको युगमा गुणात्मक शिक्षाको आन्दोलन सफल हुने जमाना गएको बताउनुभयो । गुणस्तरीय शिक्षा र नैतिकताको आन्दोलन आफ्नो संगठनको कर्तब्य रहेको जनाउनुभयो ।

बिदेश बिभागका सल्लाहकार डि बि सुनारले आरोप र प्रत्यारोपको आपसी बैमनश्यताले नेपाली बिद्धार्थी आन्दोलनले गती लिना नसक्ने बताउनुभयो ।च्याप्टर सभापती मदन पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य हेमराज भट्टले पनि आफ्न भनाई राख्नुभएको थियो ।

अध्यक्ष महरको टोली अस्ती बेलुकी नै कार्यक्रम सकेर नेपाल फर्किसकेको छ ।

नेजस, साउदर्न क्यालिफोर्नियाद्दारा आयोजित कार्यक्रमको पुर्ण भिडियो :

https://www.facebook.com/gokulvivas/videos/10210234614477900/

Leave a Reply

Your email address will not be published. Required fields are marked *