२०८१ साउन १२ गते | 27th of July 2024

समाजसेवी गोकुल रोक्का सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ६ गते १२:३५

काठमाडौं ६ भदौ । समाजसेवी राजनीतिकर्मी एवम कलाकार गोकुल रोक्का सम्मानित भएका छन । काठमाडौ गोकर्णस्थित संयुक्त अपांग एकता आवास केन्द्रले  तीज उत्सव समारोहको आयोजना गरी रोक्कालाइ सम्मान गरेको  हो ।
गोकुल राजनीतिकर्मी पनि हुन  । उनी २०७० सालको संविधान सभाको निर्वाचनमा काठमाडौको क्षेत्र नं. ४ बाट नेपाल परिवार दलको तर्फबाट  उम्मेदवार बनेका थिए ।  त्यसगरी रोक्का एक कुसल व्यवसायी पनि हुन । उनी प्लाइ तथा रेडिमेड ढोकाको ब्यापार गर्दै आएका छन । त्यसका साथै रोक्काले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *