२०८२ जेठ १ गते | 14th of May 2025

भारतमा बसेका नेपालीलाई स्वदेशमा फर्कन प्रधानमन्त्रीको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ७ गते १८:०९

 

काठमाडौं ७ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

भारतको राजकीय भ्रमणका लागि बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाले भने, ुनेपाली विद्यार्थी उच्च शिक्षा र ज्ञान आर्जन गरेपछि नेपाल फर्किनुस्, देशलाई तपाईहरूको सेवा र ज्ञान आवश्यक छ।ु

भारतको चार्टड एकाउन्टेन्सीलाई नेपालमा मान्यता नहुने विषयप्रति प्रधानमन्त्रीले चासो जनाए। ुभारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था छ। भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या छन्। यी समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल हुनु पर्दछु, उनले भने।

ुभारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था छ। भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या छन्। यी समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल हुनु पर्दछु, उनले भने।
प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपाली राजदूत दीपकुमार उपाध्यायसहित कर्मचारीहरू तथा त्यहाँ उपस्थित ठूलो संख्याका नेपालीहरूले विशेष स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *