२०८३ वैशाख ८ गते | 21st of April 2026

आज हरितालिका तीज, शिवालयहरुमा भक्तजनहरुको घुइचो

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते ७:१६

काठमाडौं ८ भदौ । आज हरितालिका तीज विभिन्न शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्वका रुपमा तिज मनाउने गरिन्छ । उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन्। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ।
यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन्। विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा यो दिन ठूलो घुइँचो लागेको छ। ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वरलगायत स्थानमा श्रद्धालुको घुइँचो लागेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *