२०८१ साउन १२ गते | 27th of July 2024

पत्रकारको शुद्धिकरण, अब सार्वजनिक सुनुवाइ गरेरमात्र सदस्यता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते ८:०८

 

काठमाडौ ८ भदौ । अब पत्रकारलाई शुद्धिकरण गरिने नव निर्वाचित पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन । रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मान कार्यक्रममा बिहीबार बोल्दै आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन ।
अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिए ।
अध्यक्ष आचार्यले भने, ‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।’ उनले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताए ।

पछिल्लो समय नेपालको पत्रकारितामा पीत पत्रकारितामा बढदै गएको छ । पार्सद बन्ने नाममा गैरपत्रकारलाई महासंघको सदस्यता दिएर पत्रकारितामा दाग लगाउने काम भइरहेको छ । वास्तविक पत्रकारलाई महासंघको सदस्यता दिन आनाकाना गर्ने पदाधिकारीले विभिन्न होटल तथा रेष्टुराँमा काम गर्नेलाई समेत सदस्य वितरण गरेको पाइएको छ ।

नव निर्वाचित अध्यक्षले यो नियम लागु गर्न सकेपनि वास्ताविक पत्रकारले राहत पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *