२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवाले गरे दिल्लीमा ८ वटा सम्झौता, के के छन त सम्झौतामा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ८ गते १०:०२

काठमाडौं ८ भदौ । नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

विभिन्न ८ समझदारी पत्रमा हस्ताक्षर भएको जानकारीमा आएको छ । प्राप्त जानकारी अनुसार ८ वटा समझदारी पत्रमा मध्ये ४ समझदारी भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित छन्। जसमा पुनर्निर्माणका लागि भारतले दिने घोषणा गरेको १ अर्ब रुपैयाँ तथा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदाको पुनर्निर्माणसम्बन्धी विषय समेटिएका छन्। यस्तै मोची पुल पुनर्निर्माण, लागूऔषध नियन्त्रण, नापतौल र नेपाल र भारतका चार्टर एकाउन्टेन्ट्स सम्बन्धी संस्थाबीचको समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।
नेपाल र भारतबीच के के विषयमा समझदारी भए हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *