काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बेलुका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् ।
भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबिच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
यसैगरी बिहीबार बेलुका नै प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरेका थिए । उनिहरुबिच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । – रासस