२०८१ साउन १२ गते | 27th of July 2024

भाइरल ज्वरोकै कारण तेह्रथुममा दुई जनाको मृत्यु, दैनिक १५० जना बिरामी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ९ गते १७:३५

तेह्रथुम, ९ भदौ । तेह्रथुममा भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोले बिहीबार र शुक्रबार गरी लालीगुराँस नगरपालिका–३ बसन्तपुरकी कलीमाया कार्की र फुलेककी कृष्णमाया सुवेदीको ज्यान गएको हो ।

लालीगुराँस नगरपालिका क्षेत्रका धेरैजसो गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको वडा नम्बर ४ का वडाध्यक्ष प्रेम गौतमलले बताए । गाउँमा ज्वरोको प्रकोप फैलिएकोबारे जिल्ला स्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा खबर गरे पनि स्वास्थ्यकर्मी नआएको वडाध्यक्ष गौतमले बताए ।

जिल्ला अस्पताल सहित बसन्तपुर र संक्रान्तिबजारमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र साथै सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे र जिरिखिम्ती लगायत गाउँका स्वास्थ्य चौकीहरुमा समेत विरामीको चाप बढेको जिल्ला अस्पतालका डा।मुक्तिनारायण शाहले बताए । तेह्रथुम जिल्ला अस्पतालमा मात्रै एक हप्तायता दैनिक १ सय ५० जनासम्म भाइरल ज्वरोका विरामीहरु उपचारका लागि आउने गरेका साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *