२०८१ साउन १२ गते | 27th of July 2024

वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि राजपामा झडप

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १० गते ३:४४

काठमाडौं १० भदौ । वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवारीको विषयमा एक आपसमा झडप भएको छ । राजपा नेपालका मुख्य दावेदार विमल श्रीवास्तव र राजेमान सिंह पक्षका कार्यकर्ताबीच शुक्रबार बैठक सुरु नहुँदै झडप भएको हो ।
राजपा नेतृत्वले निार्वचनमा भाग लिने निर्णय गरेसँगै वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयलाई लिएर विवाद चर्किएको छ ।
पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको भोलिपल्टै वीरगन्जमा मेयरको उम्मेदवारको विषयलाई लिएर कार्यकर्ताबीच झडप भएको छ ।
वीरगन्जको मेयरका उम्मेदवार छनौट गर्ने केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेस होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय गरिएको थियो । तर सुरुमै झडप भएपछि सुरु नै नभई बैठक स्थगित भएको छ ।

झडपपछि बैठक स्थागित गर्नुपरेको छ । विरगञ्ज असोज २ गते को एक मात्र महानगरपालिका हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *