२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवा र विहारका मुख्यमन्त्रीविच द्विपक्षीय वार्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १० गते १६:१५

भारत, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको आज साँझ भारतको आन्ध्र प्रदेशबाट विहार राज्यमा पुगेका छन ।

प्रधानमन्त्री देउवा हिजो हैदरावादमा बसेका थिए । आज बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि प्रधानमन्त्री आन्ध्र प्रदेश गएका हुन ।

उनलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीकी धर्मपत्नी डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा छन ।

प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना गरे । त्यसपछि आजै साँझ प्रधानमन्त्री देउवा विहार आइपुगेका हुन ।

विहारमा उनलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गरेका थिए । विमानस्थलमा उहाँको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक समूहको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले आज साँझ शिष्टाचार भेट गरेका छन । । नेपालको छिमेकी राज्य विहारका मुख्यमन्त्रीसँग नेपाल–भारत सम्बन्ध लगायतका विभिन्न आपसी हित र चासोका विषयहरुमा वार्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *