२०८१ साउन १२ गते | 27th of July 2024

सशस्त्र प्रहरी नायव निरीक्षकको भिरबाट लडेर मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १५:०५

भोजपुर, ११ भदौ । भोजपुर जिल्लाको दक्षिणी यूँको सशस्त्र प्रहरी वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षकको ज्यान गएको छ । मोरङ्गको उर्लावारी घर भएका ३९ वर्षिय मनकुमार श्रेष्ठको को भीरबाट लडेर ज्यान गएको हो ।
ड्युटीको सिलसिलामा यूँ वेस क्याम्पबाट सदरमुकामको टक्सार गुल्म आउने क्रममा रामप्रसाद राई गाउँपालिका– ५ मानेडाँडामा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार वेहेरे खोला नजिकैको १५ मिटर भिरबाट लड्दा उनको घटना स्थलमै ज्यान भएको हो । श्रेष्ठको तेह्रथुम जिल्लाको म्याङ्लुङमा दरवन्दी रहेको थियो । मृतकको सवलाई पोष्ट मार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *