२०८१ साउन १२ गते | 27th of July 2024

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि ९५ वटा दल आयोगमा दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १६:५२

काठमाडौं, ११ भदौ । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा भाग लिन ९५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको निवेदन दिने अन्तिम दिन आइतबार नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका १९ वटा दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
संविधान संशोधनविना चुनावमा जान नमानेको राष्ट्रिय जनता पार्टी राजपा लगायतका तराइ मधेस केन्द्रित सबै ठुला दलले पनि दल दर्ताको लागि निवेदन दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिएका दलहरुमध्ये संविधानको धारा २ सय ६९ मा व्यवस्था भएअनुसार कागजात पेश गरेर निवेदन दिएका दल मात्रै आयोगमा दर्ता हुने र ती दलले मात्र अबको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा भाग लिन पाउने छन ।
निवेदन दिएका दलहरुले संविधानमा तोकिएको मापदण्ड पुरा गरे÷नगरेको बारेमा छानविन समितिले अध्ययन गर्ने र मापदण्ड पुरा गरेका दल मात्रै आयोगमा दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
संघीय कानुन अनुसार दलको घोषणापत्र र विधान हुनुपर्ने, हरेक ५ बर्षमा दलका पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने, देशको साम्प्रदायिकतमा असर पार्ने खालको विधान नभएको लगायतका मापदण्ड पुरा गरेका दललाई दर्ता गरेर चुनाव चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दलहरुको निवेदन भदौ २५ गतेसम्म छानविन गर्न निर्देशन पनि दिएका छन । यसअघिको स्थानीय तहको चुनावमा भाग लिन ८० वटा दल दर्ता भएकोमा ६३ वटा दलले मात्रै चुनावमा भाग लिएका थिए ।
आगामी मंसिर १० गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *