२०८१ साउन ११ गते | 26th of July 2024

एमालेका पूर्वसांसद सिंहको उपचारक्रममा निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १७:०१

काठमाडौं ११ भदौ । नेकपा (एमाले) का पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा आज काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

मिर्गौलामा समस्या देखिएपछि उनलाई दुई हप्ताअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बसेका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक थिए ।

उनका तीन छोरा र तीन छोरी छन् । उनका छोरा अजय सिंहका अनुसार नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि भोलि अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिनेछ र भोलि नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *