२०८१ साउन ११ गते | 26th of July 2024

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ११ गते १७:५३

काठमाडौ‌,  ११  भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, गोकर्णराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्माले आपसी मिलेमतोमा आर्थिक वर्ष २०६८÷६९ देखि आव २०७१/७२ सम्मको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइएको छ ।

लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरी बदनियतपूर्वक हिनामिना गरेको र गैरकानुुनी तवरले लाभ लिएको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उजुरी दर्ता गरिएको हो ।

आयोगले तत्कालीन गाविससचिव न्यौपानेले दुई लाख ४५ हजार रुपैयाँ, जिसीले एक लाख ७५ हजार रुपैयाँ, शर्माले ९४ हजार रुपैयाँ र लेखा तथा प्रशासन सहायक लक्ष्मीप्रसाद शर्माले पाँच लाख ७९ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *