२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवाको आलोचना ‘भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत’

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १२ गते १५:०४

भक्तपुर, १२ भदौ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोलेर गलत गरेको टिप्पणी गरेका छन ।

भक्तपुर नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधिका ‘१०० दिनको प्रगति सार्वजनिक’ कार्यक्रममा उहाँले भारतमा गएर नेपालको संविधान संशोधन गराउँछु भनेर बोल्नै हुन्थेन भने । “भारतमा पार्टी सभापतिको हैसियतमा बोल्न पाइन्छ तर देशको प्रधानमन्त्री भारतमा जाँदा देशको आन्तरिक विषयमा देशलाई असर पर्ने गरी बोल्नुहुँदैन”, सांसद बिजुक्छेले भने, “संविधानसभाले संविधान बनायो, संसद्ले संशोधन फेल गरायो तर प्रधानमन्त्रीले भारतमा गएर नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसद्कै अपमान हुनु हो ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *