काठमाडौं, १२ भदौ । दुगड ग्रुपको फ्रुटी गोदाममा प्रहरीले छापा मारेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी अपराध महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको हो ।
महाशाखा र प्रशासनको अनुगमन टोलीले म्याद नाघेको कच्चा पदार्थको प्रयोग गरि फ्रुटी उत्पादन गरेको पाइएपछि कच्चा पदार्थ नियन्त्रणमा लिएको छ । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार ४ सय ड्रम कच्चा पदार्थ ‘म्याङगो पज’ प्रहरीले नियन्त्रणमा लिएको छ ।
एउटा ड्रममा २ सय २३ किलो ‘म्याङ्गो पज’ रहेको एसएसपी लोहनीले जानकारी दिएका छन । छापा मारेर सामान बरामद गरेको प्रहरीले फ्याक्ट्री पनि बन्द गराएको छ । दुगड फुड्सको गोदाममा गएको वर्ष पनि प्रहरीले छापा मारेर फ्रुटी नष्ट गरेको थियो ।