२०८१ माघ ५ गते | 18th of January 2025

पसलेलाई पेस्तोल देखाई साढे चार लाख लुटपाट

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १३ गते १७:०६

कपिलवस्तु १३ भदौ । कपिलवस्तु नगरपालिका– ६, गोबरी चौराहामा रहेको तिलौराकोट हार्डवेयरबाट अज्ञात समुहले साढें चार लाख लुटपाट गरेको छन । मुख छोपेका ५ जनाको संख्यामा रहेका लुटेराको समुह हार्डवेयर मालिक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी साढें ४ लाख रकम लुटेर फरार भएका हुन ।

सोमबार राती राति १ बजेतिर पसलमा प्रवेश गरी तेलीलाई निर्घात कुटपीट गरी उक्त समुहले रकम लुटेर भागेको प्रहरीले जनाएको छ।
लुटेराहरु भागेपछि मात्र गाउँमा हो–हल्ला भएको थियो। रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिँदै निर्घात कुटपीट गरेपछि बाध्य भएर लुटेराहरुलाई रकम दिएको पीडित तेलीले बताएका छन्। तेलीको टाउको तथा शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ।

रुपन्देहीस्थित युनीभर्सल मेडिकलमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल सशस्त्र प्रहरीको बिटबाट २ सय मिटरको दूरीमा पर्छ। घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइरको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *