२०८१ साउन १२ गते | 27th of July 2024

एम्बुलेन्स खरिद गर्न दुवइमा आर्थिक संकलन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १४ गते २:३२

काठमाडौं १४ भदौ । गुल्मी जिल्लाको रुरु गाउपालिका तथा छिमेकी गाउपालिकामा आकस्मिक सुविधा दिने उद्देश्यले एम्वुलेन्स सञ्चालन गरिने भएको छ । कामको शिलशिलामा दुवइ पुगेका नेपालीहरुको सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको दुवइबाट बाबुराम सुनारले बताएका छन । सुनारका अनुसार एम्बुलेन्स खरिद गर्नका लागि दुवइमा समिति गठन भएको छ । उक्त समिति मार्फत  आर्थिक संकलन भइरहेको छ । अहिलेसम्म छ लाख ५०  हजार रुपैया सहयोग गर्ने विभिन्न व्यक्तिबाट प्रतिबद्धता आएको छ । कतिले आर्थिक सहयोग गरिसकेको सुनारले जानकारी गराएका छन् ।

आफुले विदेशी मुलुकमा पसिना बगाइ कमाएको पैसाबाट केही रकम कटाएर तथा रुरु गाउपालिकाका व्यक्ति  विभिन्न कामको खोजीमा बिदेशमा पुगेकाहरु बाट समेत पैसा संकलन हुदै  आएको  जानकारी गराइएको छ । यो कार्यमा जो कोहीले पनि आर्थिक सहयोग गर्न सक्ने जनाइएको छ । यो अभियान कुनै राजनीति, कुनै सँग सस्था , ब्यबसाय नाफा कमाउने उदेश्य नरही गाउमा छिटो छरितो सस्तो, सुलभ ,तरिकाले , दुखि गरीब परिवारहरुलाई रुरु गाउपालिकाले पुस्टि गरेमा फ्री सर्भिस दिने जस्ता क , ख , ग , सेडी राखी एउटा एम्बुलेन्स कोष खडा गरि गुल्मी रुरु गाउपालिका स्वास्थ् केन्द्रका सबै वार्ड हरुमा केही भेद ,भाब नराखी सन्चालन गराउने योजना बनाएको छ ।

रुरुगाउपालिकाका सबै वडा र छिमेकी गाउपालिकामा यसले निस्वार्थ सेवा दिने उद्देश्यले एम्बुलेनस सञ्चालन गर्न लागिएको हो । यो अभियान सामाजिक सञ्जाल फेसबुकबाट सुरु गरिएको छ । सहयोग तथा आर्थिक सहयोग गर्न चाहनेहरुले बाबुराम सुनारको फेसबुक वालमा राखिएको सुचनामा कमेन्ट तथा इनबक्समा म्यासेज गर्न सकिने छ । साथै बैक एकाण्टमा जम्मा गरी भौचर पठाउन समेत सकिने छ । त्यसका लागि बाबुराम सुनारको नाममा रहेको रेसुङ्गा विकास बैकको खाता नम्बर 012-004-000-551-07-00000-01 मा  जम्मा गर्न सकिने जनाइएको छ ।

एम्बुलेन्स सञ्चालनका लागि दुबइमा गठन भएको समितिमा अध्यक्षस् सुर्य  प्रशाद ज्ञवाली, कोशाध्यक्षस् बाबुराम  गोतामे सुनार, सचिब केशव  राज ज्ञवाली, सदस्य इश्वोरी ज्ञवाली, सदस्य  कमल गौतम, सदस्य किशन बि। क, सदस्य  लक्ष्मी ज्ञवाली, सदस्य  पदम श्रेष्ठ, सदस्य  निरजन खड्का लगायतको समिति निर्माण भएको छ । आर्थिक सहयोग गर्नेहरुको रकम र नामावली समाजिक सञ्जाल तथा विभिन्न अनलाइन तथा समाचार पोटलबाट सार्वजनिक गरिने समेत बाबुरामले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *