२०८२ माघ ५ गते | 18th of January 2026

के तपाइको बेला–बेला टाउको दुखिरहने गरेको छ ? अपनाउन यी ८ उपाय

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १४ गते १७:३९

हामीमध्ये धेरैलाई आधा टाउको दुख्ने,नाक वरीपरी वा निधार कर्करी खाने कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो समस्या भईरहेको हुन्छ यी लक्षणहरु माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ (को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *