२०८१ साउन १२ गते | 27th of July 2024

यसकारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अनुमोदन भएन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १६:२६

काठमाडौं, १६ भदौ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पनि अनुमोदन गर्न सकेन ।
भ्रष्टाचारीलाई चुनावमा भाग लिन दिने कि नदिने भन्ने बिषयमा पार्टीमा थप छलफल गर्ने भन्दै नेपाली कांग्रेसका सांसदले समय मागेपछि समितिको बैठक निष्कर्षविहीन भएको हो । पहिलो बैठक बिहान ११ बजे बसेर दिउँसो ३ बजेसम्म स्थगित गरे पनि त्यसपछि बैठक बस्दै नबसी सोमबारसम्मका लागि स्थगित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *