२०८२ चैत ५ गते | 19th of March 2026

सञ्चार मन्त्रीले भने ‘प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा सफल’

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते १४:११

भक्तपुर, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन । नेपाल तरुणदल सिन्धुपाल्चोकले भक्तपुरमा गरेको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा बृहत छलफल तथा तरुण भेलामा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा सफल भएको छ, विगतमा भारतमा भएको सहमति र सम्झौताको नोक्सान कम गर्न तथा देशको आर्थिक सम्बृद्ध गर्न भ्रमण सफल भएको हो ।’
मधेशमा आगो बालेर आएका मधेशवादी दललाई नेपाली कांग्रेसले एक ढिक्का बनाएर निर्वाचनमा ल्याएको बताउँदै उनले यसले सकारात्मक ढंगले निर्वाचनको वातावरण बनेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *