२०८१ साउन १२ गते | 27th of July 2024

सरकारी क्वार्टर नपाएपछि राज्यमन्त्रीको बास विद्यालयमा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते १:५०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री राख्न सरकारी निवास अपुग भएपछि एक राज्यमन्त्री हातहतियारसहितको सुरक्षा गस्तीसहित विद्यालय हातामा बस्दै आएका छन्। युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल (टीएल) चौधरी ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित नाइटिंगेल स्कुलभित्र सुरक्षा पोस्टसहित बसेका छन्।

शान्ति क्षेत्र मानिएको विद्यालय हाताभित्र राज्यमन्त्री चौधरी १२ दिनदेखि नेपाली सेनाको सुरक्षा पोस्टसहित बसिरहेका हुन्। विद्यालय हाताभित्र हातहतियारसहित सुरक्षाकर्मी बस्न नपाउने, बन्द, हडताल या ¥यालीमा विद्यार्थी प्रयोग गर्न नपाइनेलगायत नीति छ। तर मन्त्री चौधरी भने डेरा नपाएको भन्दै आफ्नै विद्यालयमा बस्दै आएका छन्। राज्यमन्त्रीको शपथग्रहणलगत्तै सरकारले उपलब्ध गराएको सुरक्षा टोलीसहित उनी विद्यालयको ‘सी’ ब्लकको माथिल्लो तल्लामा बस्दै आएका छन्।

उनको सुरक्षाका लागि सरकारले उपलब्ध गराएको हातहतियारसहितको नेपाली सेनाको सुरक्षाकर्मी ९सेन्ट्री० सो स्कुल हाताभित्र बस्ने गरेको छ। सरकारले उनलाई उपलब्ध गराएको सवारीसाधन पनि विद्यालय हातामै हुन्छ। राज्यमन्त्री बनेपछि पनि उनी अहिलेसम्म आफ्नै घर र स्वामित्वमा रहेको २५ वर्ष पुरानो नाइटिंगेल स्कुलमा बस्दै आएका छन्। राज्यमन्त्री चौधरी बसेको भवनमुनिका तलामा ४, ५ र ६ कक्षाका ५ सय विद्यार्थी अध्यनरत छन्। अर्को तलामा विद्यालयको होस्टेल छ।

विद्यालयले सञ्चालन गरेको कलेज ब्लक ‘बी’ मा छ । जहाँ ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्। सप्तरीका चौधरीले २०४९ सालदेखि कुपण्डोलमा नाइटिंगेल स्कुल चलाउँदै आएको आजको राजधानी दैनिकमा खबर छ । स्कुलतर्फ करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् भने नर्सिङ कलेज र १० जोड २ तर्फ करिब १ हजार विद्यार्थी रहेको राज्यमन्त्री चौधरीका सहयोगी ध्रुव तण्डुकारले बताए। राज्यमन्त्री नहुँदै नाइटिंगेल स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल छँदादेखि उनी सोही घरमा बस्दै आएको कुपण्डोलका स्थानीय बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *