आसन्न एनआरएन अमेरिकाको निर्वाचनका बिषयमा नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समितीले कुनै उम्मेद्वारहरुलाई ‘आधिकारीक रुपमा समर्थन नगरेको’ जनाएको छ ।
नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले एक बक्तब्य जारी गर्दै ‘कुनै उम्मेद्वारको नाममा नेपाली जनसंपर्क समिती, अमेरिकाले अधिकारिक निर्णय नगरेको’ बताउनुभएको छ ।
महासचिवले नेम्वाङ्गले जारी गर्नुभएको बक्तब्य :
प्रेस विज्ञप्ति
यही सेप्टेम्बर ५ र ६ तारिख, २०१७ मा हुन गईरहेको गैर आवासीय राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट कुनै पनि उमेद्धारको विषयमा आधिकारिक निर्णय नगरेको कुरा संस्थाको अधिकारिक निर्णयको बारेमा जिज्ञासा राख्नुहुने साथीहरु, पत्रकार मित्रहरू र अमेरिकावासी आम नेपाली आमा-बुवा, दिदीबहिनी तथा दाजुभाईहरु सम्पूर्णलाई यसै विज्ञप्ति मार्फत जानकारी गराउंदै, यस निर्वाचनमा सहभागि रहनुहुने सबै उमेद्वारहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ ।
साथै, दुई दिन पछि हुन गईरहेको गैर आवासीय राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनको समेत नेपाली जनसम्पर्क समिति, अमेरिका, केन्द्रिय समिती पूर्ण सफलताको कामना गर्दछ ।
जयनेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिती अमेरिका
मिती : सेप्टेम्बर ३, ०१७, आईतवार ।