२०८१ वैशाख १८ गते | 30th of April 2024

डा. केशब पौडेल दोस्रो कार्यकालको लागि एनआरएन अमेरिकाको अध्यक्ष पदमा निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २३ गते १:३९

लस एन्जलस, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको अध्यक्षमा डा. केशब पौडेल भारी मत अन्तरले बिजयी हुनुभएको छ ।

एनआरएन, अमेरिकाको निर्वाचन समितिद्दारा सार्बजनिक नतिजा अनुसार डा. पौडेल ४ हजार २ सय २९ मत पाएर दोश्रो कार्यकालका लागी अध्यक्षका बिजयी बन्नुभएको हो । उहांका निकटम प्रतिस्पर्धी रबिना थापाले ३ हजार ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्षका अन्य प्रतिस्पर्धी कृष्ण पोखरेलले ९ सय ६४ मत र राम सी पोखरेलले ७ सय ८३ मत मात्रै गर्नु भएको छ ।

यता बरिष्ठ उपाध्यक्षमा ईन्जिनियर सुनिल शाह निर्वाचित हुनुभएको छ । शाहले ४ हजार १ सय ४५ मत प्राप्त गर्नुभयो भने उहांका निकटम प्रतिद्धन्दी टेम्बा शेर्पाले ३ हजार २ सय ४१ मत पाउनुभयो । महासचिवमा (बाबुराम) बि आर लामाले २ हजार ५ सय ९३ मत पाएर बिजयी हुनुभयो भने सचिवमा होमनाथ गौतमले २ हजार ७ सय १५ मतका साथ बिजयी हुनुभयो । यता कोषाध्यक्षमा डा. प्रकाश अर्यालले २ हजार ८ सय २१ मत पाएर बिजयी हुंदा सह कोषाध्यक्षमा पवन योञ्जन ५ हजार ८५ मत पाएर बिजयी हुनुभएको छ ।

यस्तै क्षेत्रीय उपाध्यक्षमा राधा पौडेलले ४ हजार २ सय ९०, रामकुमार स ुबेदीले २ हजार ८ सय ५१, जेदु पोखरेलले ४ हजार ४६ तथा उमा कार्की थापाले ४ हजार १ सय ८४ मतका साथ बिजयी हुनुभयो । महिला संयोजकमा इन्दिरा त्रिपाठीले ४ हजार २ सय २८ मत पाएर बिजयी हुनुभयो ।

युवा संयोजकमा यसअघि नै स्वराज खाती सर्बसम्मत निर्वाचित भइसक्नुभएको छ ।

यस्तै बोर्ड अफ डाइरेक्टरमा डा. अर्जुन बञ्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, दिव्या के सी वली, सञ्जय थापा, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीतिसागर खत्री, आङ शेर्पा र बिश्णु शाह बिजयी हुनुभएको छ ।

आइसीसी सदस्यमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्ली भट्टराई र बलराम थापा बिजयी भएका छन् ।

सबैभन्दा बढी मत आइसीसीमा निर्वाचित गोमा सेनले प्राप्त गर्नुभएको छ उहांले ६ हजार ४ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै बोर्ड अफ डाइरेक्टरमा डा. अर्जुन बञ्जाडेले ५ हजार ८ सय ११ मत पाएर सबैभन्दा बढि मतका साथ बिजयी हुंदा कृष्ण लामिछानेले ४ हजार ५ सय ४ मत पाएर बिजयी हुनुभएको हो ।

२०१७/२०१९ कार्यकालका लागी १४ हजार ५ सय २० मतदाता रहेकोमा मंगलबार र बुधबार दुई दिन मतदान हुंदा ९ हजार २ सय ८२ मत खसेको थियो ।

यता टेक्सास च्याप्टरमा भानु खरेलले बिकास उप्रेतीलाई पराजित गर्दै बिजयी हनुभयो भने क्यालिफोर्निया च्याप्टरमा स ुरेन्द्र मल्ललाई पराजित गर्दै रामबाबु पाण्डे बिजयी हुनुभयो । यस्तै विस्कन्सिन च्याप्टरमा बुद्धि सुवेदी, जर्जिया च्याप्टरमा सुर्य लम्साल तथा नर्थ क्यारोलिना च्याप्टरमा बाबुराम पोखरेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितीले निकालेको बिजयी उम्मेदवारको नामावली बिजयी उम्मेदवारको नामावली :

 

डा. पौडेल टिमको वहुमत :
एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरीकाका लागी २५ सदस्सिय कार्यसमितीमा डा. पौडेल टिमले बर्चस्व जमाएको छ अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा तीन क्षेत्रीय उपाध्यक्षमा डा. पौडेल टिमबाट उम्मेद्धार बनेकाहरु बिजयी भए भने अधिकांस बोर्ड अफ डाइरेक्टर पनि डा. पौडेल टिमका उम्मेदवार बिजयी बने ।

को-को पराजित भए डा. पौडेलको टिमबाट :
डा. पौडेलको टिमबाट उम्मेदवार बनेका केहि उम्मेदवार भने पराजित भएका छन् । डा. पौडेलको टिमबाट उपाध्यक्षका उम्मेदवार बनेका सर्बज्ञ वाग्ले तथा डा. पौडेललाई शुरु देखि नै सहयोग गर्दै आएका निवर्तमान सचिव तथा आइसीसी सदस्यका उम्मेदवार शंकर खड्का पनि पराजित भए । अन्य आइसीसीका उम्मेदवार सबै प्यानलमा पर्नु तर खड्का डा. पौडेल क्याम्पमा मात्रै पर्नु उनी पराजित हुनुको कारण मानिएको छ ।

रामबाबु पाण्डे एक भोट्ले बिजयी :
क्यालिफोर्निया च्याप्टरको निर्वाचनमा रामबाबु पाण्डे एक भोटले बिजयी भएका छन । पाण्डेले ५४४ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी सुरेन्द्र मल्लले ५४३ मत पाए भने क्यालिफोर्निया च्याप्टर सचिवमा पत्रकार रोशन अधिकारी बिजयी भएका छन ।

क्यालिफोर्नियाबाट दर्हो उपस्थिती :
क्यालिफोर्नियाबाट आईसीसी सदस्य पदमा बलराम थापा र डिल्लीराम भट्टराई, उपाध्यक्ष पदमा उमा कार्की थापा, महिला संयोजक पदमा ईन्दिरा त्रिपाठी, सदस्य पदका बिष्णु शाह र बिन्दु सापकोटा बिजयी भएका छन ।
राजनैतिक अन्तर्घातका कारण महिला संयोजक पदकी सशक्त उम्मेद्वार लक्ष्मी खरेल थापा झिनो मतले पराजित बनिन ।आईसिसी सदस्य पदका उम्मेद्वार एवम निवर्तमान सचिव शंकर खड्का र उपाध्यक्ष पदका उमेद्वार सर्वज्ञ वाग्ले, सचिव पदका टेक लामा, सदस्य पदका कर्ण चन्द पराजित हुन पुगे । जित्ने आश गरिएका चर्चित युवा विश्व सुवेदी अन्तर्घातका कारण पराजित हुन पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *