२०८१ साउन १२ गते | 27th of July 2024

‘कांग्रेक कमजोर हुनुमा कांग्रेसकै नेताको हात’ मन्त्री केसी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २४ गते १६:०४

काठमाडौ २४ भदौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले नेपाली कांग्रेस कांग्रेसकै कारण कमजोर भएको बताएका छन । विपी कोइरालाको १०३ औ जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघद्धारा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले कांग्रेस कमजोर हुनुमा कांग्रेसकै नेताहरुमा सिद्धान्तनिष्ठ हुन नसकेका कारण भएको बताए । उनले वीपीको समाजवाद आज पनि त्यतिकै सान्दर्भिक रहेको उल्लेख गर्दै वीपी राष्ट्रियताको क्षेत्रमा तथा साहित्य क्षेत्रमा उत्रिकै भूमीका रहेको बताए ।


मन्त्री केसीले जबसम्म युवालाई उद्यमशिल बनाउन सकिदैन तवसम्म नेपालको समृद्धि परिकल्पना गर्न नसकिने उल्लेख गरे । केसीले भने ‘स्थानीय तहमा अव युवालाई विशेष प्राथमिकता दिन लागिएको छ । एक वडामा १० युवालाई उद्यमशिल बनाउने योजना छ ।’ यसरी युवालाई उद्यमशीलता बनाउन सकियो भने मुलुक समृद्धि तर्पm उन्मुख गर्न सहज हुने बताए ।


त्यसैगरी खुल्लामञ्चसंगको कुराकानीमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य लीला भल्दव दाहालले वीपीको समाजवादको कुरा अनि घरमा दुहुनो गाइ एक हल गोरुको अवधारण भएपनि अहिलेको पुस्ता सुहाउदो नया अवधाराणा कांग्रेसले ल्याउन नसकेको बताए । डिजिटल प्रविधिको जमाना आएपनि कांग्रेस भने पुरानै ढर्रामा चलेको बताए । पछिल्लो समय मन्त्रालयहरुमा विना पैसा काम नगर्ने परिपार्टी आएको भन्दै दाहाले भने सरकारी कार्यलयहरुमा जनताबाट पैसा लिएर काम गर्ने परिपाटीलाई सरकारले निरुत्साहित गर्न नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *