२०८१ साउन १२ गते | 27th of July 2024

भाइरल ज्वरोका कारण मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते १६:४३

जाजरकोट, २६ भदौ । कुशे गाउँपालिका–५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको आज बिहान भाइरल ज्वरोका कारण मृत्यु भएको छ ।

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिनुभयो । यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उहाँको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

आज मात्र त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सञ्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ ।
गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहँुदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् । यसभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *