२०८१ साउन १२ गते | 27th of July 2024

एक ढिक्का हुन नेता पौडेलबाट आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २६ गते १७:००

सिन्धुली, २६ भदौ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन ।

आगामी असोज २ गते २ नं प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तहको चुनावको पूर्व तयारीका लागि त्यसतर्फ जाने क्रममा आज साँझ कार्यकर्ता भेटघाटका क्रममा उनले पहिलो र दोस्रो चरणमा भएको निर्वाचनमा काँग्रेसकै कार्यकर्ता एक ढिक्का भएर नलाग्दा अपेक्षा गरेअनुरुप नतिजा ल्याउन नसकेको भन्दै अब हुने सङ्घ र प्रदेशको निर्वाचनमा एक ढिक्का भएर लाग्न निर्देशनसमेत दिए ।
तराई तथा २ नं प्रदेशमा राजपा तथा तराई केन्द्रित मधेशवादी दललाई चुनावमा सहभागी हुने वातावरण बनाएर काँग्रेसले देशलाई नै चुनावमय बनाएको नेता पौडेलले बतार्ए ।
आगामी मङ्सिरमा हुने संघ र प्रदेशको चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउने गरी अभियान थाल्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *