२०८१ साउन १२ गते | 27th of July 2024

सुक्खा पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २७ गते १५:०५

चितवन, २७ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा आज साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सो सडकको आजै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिएको थियो ।
सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । नारायणगढबाट मुग्लिन पार गर्न आज कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *