२०८१ साउन १२ गते | 27th of July 2024

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि नारायणगढ—मुग्लिन सडक खुल्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २८ गते ४:२४

 

चितवन, २८ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *