२०८१ साउन १२ गते | 27th of July 2024

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउन एमालेको केन्द्रीय समिति बैठक आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३० गते १३:१२

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

काठमाडौँमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यसअघि वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

“स्थानीय तहको पहिलो चरणको निर्वाचन अगाडि बैठक बस्ने तयारीमा थियौँ तर व्यस्तताले बस्न सकेनौँ”, उहाँले भन्नुभयो, “अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।” बैठकले दुवै संसद्का समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *