२०८१ साउन १२ गते | 27th of July 2024

गाउँपालिकाका अध्यक्ष अझै सम्पर्कबिहीन अपहरणको आशंकामा नेकपाका राप्ती ब्युरो इन्चार्ज पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३१ गते ४:१०

रोल्पा, ३१ भदौ । बिहीबार रातिदेखि सम्पर्कबिहीन भएका  रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ति अझै सम्पर्कमा आएका छैनन । उनको खोजीका लागि दाङबाट प्रहरीको विशेष टोली तथा रोल्पाको प्रहरी टोली र सशस्त्र प्रहरीसमेत खटिएको छ । तर अझै पत्तो लागेको छैन ।
अपहरणमा परेको आशंका गरिएका गाउँपालिकाका अध्यक्ष घर्ति र अपहरण गरेको आशंका गरिएका व्यक्तिको मोवाइल ट्रयाक गरेर खोजी गरिरहेको उनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले थवाङ गाउँपालिकाको गाउँपरिषद उद्घाटन गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थवाङ जाने कार्यक्रम बिथोल्न अध्यक्ष घर्तिलाई अपहरण गरेको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष अपहरणमा परेपनि गाउँसभाको उद्घाटन गर्न प्रचण्ड लगायतका माओवादी नेता भने शनिबार रोल्पा पुग्ने रोल्पाका एसपी थापाले जानकारी दिए ।
यसैबिच प्रहरीले विप्लप नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा सुवासलाई पक्राउ गरेको छ । रोल्पाको कुरेलीबाट शुक्रबार उहाँलाई पक्राउ गरिएको र गाउँपालिकाका अध्यक्ष घर्ति अपहरणका बारेमा सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *