२०८१ साउन १२ गते | 27th of July 2024

‘अब देश आर्थिक विकासमा अघि बढेको छ’ – प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३१ गते १५:४८

काठमाडौं ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणसँगै देश आर्थिक विकासमा अघि बढेको बताएका छन । शनिबार उदयपुर भोजपुर, खोटाङ जिल्लालाई जोड्ने सुनकोसी र दुधकोसीमा दुई वटा पक्की पुलको एकसाथ शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।
राष्ट्रिय राजनीतितर्फ खासै बोल्न नचाहेका प्रधानमन्त्री देउवाले उदयपुर, खोटाङ र भोजपुर जोड्ने सुनकोसी नदीको पुल तीन वटै जिल्लाको आर्थिक सम्बृद्धिको आधार भएको बताए । नागरिकको आवश्यकता आर्थिक भएकाले सवै राजनीतिक दल आर्थिक विकासमा लाग्नु पर्ने उनले बताए ।

कार्यक्रममा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर वलायर, पुर्व सञ्चारमन्त्री शेरधन राई, पूर्व शहरी विकास मन्त्री डा। नारायण खड्का, पूर्व सहरी बिकास राज्य मन्त्री मन्जु चौधरी र खोटाङका सांसद विशाल भटटराईले सम्बोधन गरेका थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *