काठमाडौं । सोमबार प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसंगै बाराका १६ वटामध्ये ७ वटामा तहको मतगणना सोमबारबाटै सुरु गरिएको छ । सिरहा, वारा र सप्तरीमा पनि राति अबेरदेखि मत गन्न थालिएको छ । बाकी
केही ठाउँमा भने राति अबेरसम्म मटपेटिका संकलनको काम भएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गर्ने तयारी छ ।
पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ ।
महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । रौतहटका पनि १८ वटा तहमध्ये १२ वटा तहमा मतगणना सुरु भएको छ । सर्लाहीका २० मध्ये केहीमा राति १ बजेदेखि मतगणना सुरु भएको छ ।
पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगररमा भने अहिले बिहानदेखि मत गन्ने तयारी छ ।