काठमाडौं ५ असोज । धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा विजयी भएको छ । हंशपुरमा राजपाले प्यानल नै विजयी भएको हो । राजपा नेपालका रामज्ञान मण्डल मेयरमा ३ हजार ३ सय २० मत ल्याई विजय भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ मत ल्याएका थिए । यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी भइन । उनकी प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत ल्याइन ।