२०८१ वैशाख २० गते | 2nd of May 2024

गोरखाबाट कांग्रेसको उम्मेदवार छान्न सकस, कोको छन टिकटका लागि निवेदन दिनेहरु ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते १७:०८

काठमाडौं ८ असोज । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न गोरखामा कांग्रेस नेता कार्यकर्ताले आइतबार पार्टी कार्यालयमा आवेदन बुझाएका छन्। आकांक्षी धेरै भएपछि कांग्रेसले आवेदननै माग गरेको थियो।
प्रतिनिधि सभाको क्षेत्र नं। १ मा प्रत्यक्षतर्फ पार्टी सभापति हरिबहादुर घले, मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेताहरु राजेन्द्र बजगाईं, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, वुद्धिप्रसाद श्रेष्ठले आवेदन दिएका छन्।
समानुपातिक तर्फ नेताहरु जीवनप्रेम श्रेष्ठ, सभासद कमला पन्त, आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बराम, माला गुरुङले पार्टी कार्यालय तीनधारेमा आवेदन बुझाएका हुन्। यस्तै क्षेत्र नं। १ को प्रदेश सभा चुनावका लागि नेताहरु धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुरप्रसाद पन्त, भगवानबाबु मास्के, ध्रुवप्रसाद खनाल, जानुका पन्त, कमलप्रसाद अम्गाईले आवेदन दिएका छन्।
समानुपातिक तर्फ नारायणप्रसाद लामिछाने, कृष्णबहादुर आले, अलिउल्ला मियाँ, राममया श्रेष्ठ, पम्फा गान्धारी, टीका श्रेष्ठ, कमला लामिछाने, हरिबहादुर गान्धारी, पुष्प श्रेष्ठले आवेदन दिएका छन्।
क्षेत्र नं। १ भित्रको प्रदेशसभा २ मा प्रत्यक्षतर्फ पार्टी सचिव नन्दप्रसाद न्यौपाने, ठाकुरप्रसाद पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणीन्द्रप्रसाद भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, सितलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट, प्रेमकुमार खत्रीले आवेदन दिएका छन्।
समानुपातिकतर्फ दोलखबहादुर बिक, सलावदिन मियाँ, जीवनराज वन्त, गोमा ढकालले आवेदन दिएका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कमला पन्त र नेताहरु अब्दुल सतार, चेतमान श्रेष्ठ, राजनदेव भट्टले आवेदन दिएका छन्। यस्तै समानुपातिक तर्फ मनमाया गुरुङले मात्रै आवेदन दिएकी छन्।
क्षेत्र नं। २ को प्रदेशसभा १ मा प्रत्यक्षतर्फ नेताहरु रविकला खनाल, बलराम खड्का, इमानसिंङ बस्नेत, अम्वबका न्यौपाने, पदमप्रसाद भट्टराई, कृष्णप्रसाद पोखरेल, ईश्वर परियार, चन्द्रप्रकाश मरहट्टा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ, गेहेन्द्रराज विष्टले आवेदन दिएका कांग्रेस क्षेत्र नं। २ का सभापति गोविन्द गुरुङले बताए।
टसमानुपातिकतर्फ नेताहरु मसलीमाया थोकर, डा। मोदनाथ मरहट्टा, चेतबहादुर गुरुङले आवेदन दिएका छन्। प्रतिनिधिसभा क्षेत्र नं। २ को प्रदेश सभा २ को प्रत्यक्षतर्फ नेताहरु गोविन्दबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, सुकदेव दवाडी, ओम गुरुङ, मोहनप्रकाश पोखरेल, सीपी पोखरेलले आवेदन दिएका छन्। समानुपातिकतर्फ नेताहरु इन्द्र गुरुङ, गौरी तामाङ, जनककुमारी कोइराला, मीना अधिकारी, सलाउदिन मियाँ, सुनिता पोखरेलले आवेदन दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *