२०८१ माघ १० गते | 23rd of January 2025

कांग्रेसका पराजित उम्मेदबारका छोराको सुतेकै ठाउमा गोली हानी हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते १:५५

रौतहटको परोहा नगरपालिका २ मा सुत्रिहेकै ठाउमा गोली हानी अबु स्वयब अकवरको हत्या गरिएको छ । हत्या गरिएका अबु स्वयब अकवरको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोरा भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे गोली हानी हत्या भएको हो।

पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो। बिहान करिब ४ बजे बाटोमै मृत्यु भयो।

उनको छातीमा दुई गोली लागेका छन्।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

केही दिन अघि घोषित स्थानीय तहको निर्वाचन मतपरिणाममा वडा अध्यक्षमा माओवादीले जितेको थियो। मेयर उपमेयरमा काँग्रेसले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *