अमेरिका । अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा ५८ जनाको मृत्यु भएको जनाईएको छ । । घटमा परि ५१५ भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।![Image result for las vegas shooting](http://www.slate.com/content/dam/slate/blogs/the_slatest/2017/10/02/mass_shooting_reported_at_a_music_festival_in_las_vegas/Reported-Shooting-At-Mandalay-Bay-In-Las-Vegas.jpeg.CROP.promo-xlarge2.jpeg)
उक्त होटेलमा रहेको क्यासिनोको तलाबाट गोली चलाएको आवाज आएको प्रत्यक्षदर्सीले बताएका छन्।![Image result for las vegas shooting](http://a.abcnews.com/images/US/vegas-shooting1-gty-ml-171002_4x3_992.jpg)
प्रहरीका अनुसार हमलाकारीको कारबाहीमा मृत्यु भएको छ। घटना पछि लासभेगास विमानस्थलमा अवतरण गर्ने विमानको रुट बदलिएको छ भने अन्य उडान स्थगित भएका छन्।![Image result for las vegas shooting](http://a.abcnews.com/images/US/las-vegas-shooting-wheelchair-gty-ps-171002_4x3_992.jpg)
आइतबार राती दश बजे कन्सर्ट चलीरहेकोबेला लस भगास स्थित मण्डाले बे होटलको ३२ औँ तलाको कोठाबाट ६४ वर्षीय स्टेफेन प्याडोक नामको बन्दुकधारीले स्वचालित हतियार मार्फत कन्सर्टमा अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
![Image result for las vegas shooting](http://media.breitbart.com/media/2017/10/GRAPHIC-Las-Vegas-shooting-3.jpg)
आँफैले चलाएको गोलीबाट बन्दुकधारीको मृत्यु भएको र बन्दुकधारीको कोठामा दशवटा राइफल फेला परेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
![Image result for las vegas shooting](http://a57.foxnews.com/media2.foxnews.com/BrightCove/694940094001/2017/10/02/896/504/694940094001_5595556762001_5595554337001-vs.jpg?ve=1&tl=1)
अमेरिकाको आधुनिक इतिहासमा यो अहिलेसम्मकै ठुलो गोलीकाण्ड हो ।
![Image result for las vegas shooting](http://wtop.com/wp-content/uploads/2017/10/Las_Vegas_Shooting_61419-727x485.jpg)
फोटो : गुगल