काठमाडौं १७ असोज । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण अभ्यास हुदै गर्दा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए ।
लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले नेपाली कांग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए ।