काठमाडौँ, २० असोज । भारतका लागी नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाए ।
राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ ।