एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदको रुपमा भाग लिन पाउने बिषयले विवाद लिंदै गरेको अवस्थामा गैर आवसीय नेपाली संघले आज एउटा बक्तब्य जारी गर्दै बिवादको बारेमा स्पष्ट पारेको छ ।
अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक सोनाम लामा र उप-क्षेत्रीय संयोजक ए सि शेर्पाद्दारा संयुक्त रुपमा जारी बक्तब्यमा बिभिन्न संचार माध्यममा आएका शंका उपशंकाका बारेमा ध्यानाकर्षण भएको जनाईएको छ ।


बक्तब्यमा गैर आवसीय नेपाली संघ राष्ट्रिय महाधिबेशन संचालन सम्बन्धी नियामावली २०१३ (२०१७ संशोधन सहित)को दफा २४ को धारा ४.६ अनुसार (राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेद्वार बन्न निज ब्यक्ति राष्ट्रिय समानवय परिषद वा अन्तरराष्ट्रिय समानवय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने छ ।) भन्ने स्पस्ट ब्यबस्था भएको प्रश्ट पार्न चाहन्छौं भनि उल्लेखित छ । अमेरिकाको NRN NCC OF USA लाई सन २०१० पछि मात्र NRN ICC ले मान्यता प्राप्त गराएको समेत जानकारी गराउंछौ भनि उल्लेखित छ ।

बक्तब्यको पूर्ण पाठ :
मिती : March 20th 2017
स्पस्ट पारीएको सम्बन्धमा ।
NRN NCC OF USA को (२०१७ – २०१९० को अध्यक्षको उम्मेद्वारी सम्बन्धमा बिभिन्न संचार माध्याम र समाजमा शंका उपशंका उब्जिएको सम्बन्धमा ध्यानाकर्षण भएको छ ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय महाधिबेशन संचालन सम्बन्धी नियामावली २०१३ (२०१७ संशोधन सहित)को दफा २४ को धारा ४.६ अनुसार (राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेद्वार बन्न निज ब्यक्ति राष्ट्रिय समानवय परिषद वा अन्तरराष्ट्रिय समानवय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने छ ।) भन्ने स्पस्ट ब्यबस्था भएको प्रश्ट पार्न चाहन्छौं । अमेरिकाको NRN NCC OF USA लाई सन २०१० पछि मात्र NRN ICC ले मान्यता प्राप्त गराएको समेत जानकारी गराउंदछु ।
क्षेत्रीय संयोजक
सोनाम लामा
उप क्षेत्रीय संयोजक
ए सी शेर्पा