२०८१ असोज ३ गते | 19th of September 2024

विश्व शारीरिक सुगठनमा ननितालाई रजत

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २२ गते १२:४०

काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् ।

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेकी हुन फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले कांस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् । रासस

 

11 thoughts on “विश्व शारीरिक सुगठनमा ननितालाई रजत

Leave a Reply

Your email address will not be published. Required fields are marked *