जनकपुर, २२ असोज । धनुषाको नगराईन नगरपालिकाको नगरसभा चुनावको मतगणना क्रममा उम्मेदवारले नै मतपत्र खाएका छन । आइतवार नगरपालिकाको तीन वटा दलित तथा अल्पसंख्यक सदस्यको छनौटका लागि मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले मतपत्र खाएका हुन् ।
मतपत्र खाने साहलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन । उपरीक्षक सिंहका अनुसार मतगणना सकिएर परिणम सार्वजनिक गरेको र टेवुलमा राखेको ४ वटा बदर मत मध्ये एउटा मत साहले खाएकाले उनलाई पक्राउ गरेको बताए ।
एमालेका उम्मेदवारहरुले निर्वाचन अधिकृत दानीकान्त झाले धाँधली गरेको आरोप लगाएपछि विवाद उत्पन्न हुँदा कांग्रेस उम्मेदवार साहले एउटा मतपत्र मुखमा राखेर चपाउन थालेपछि उनको मुखबाट आधा चापाइएको मतपत्र निकालिएको जनाएको छ ।