२०८१ साउन १२ गते | 27th of July 2024

ढुकेर गोली प्रहार, बन्दुकको बिगबिगी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते ०:३७

सोमबार दिउँसो बा १ च ९४८ नम्बरको ल्यान्डक्रुजर चढेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केको मौत्र थिए । करिवब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो ।
गाडीको अगाडीको सिसामा प्वाल पर्यो ।
चालकले गाडीको गति कम गरेका मात्र के थिए, आन्दाजी ३०, ३५ बर्षका युवाले रिभलवरबाट गोली हानिहाले ।
गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा मीनभवस्थित सिभिल अस्पताल पुर्याईयो ।
अस्पताल पुर्याउनेवितिकै डाक्टरहरुलले गौचनको मृत्यु भईसकेको घोषणा गरे । कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *